Friday, May 15News That Matters

त्रिनपा १५ रानीवासमा ल्याव सहितको स्वास्थ्य चौकी भवन उद्घाटन

पूर्णपुष्टि, फागुन २२
त्रियुगा नगरपालिका वडा नं १५ मा शनिवार स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । उक्त भवनको उद्घाट त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले गर्नुभयो । नगरवासीहरुलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुराउने उदेश्यले प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य चौकी निर्माण सँगै सामान्य प्राथामिक सेवा उपलब्ध गराउने भन्दै १६ ओटै वडाहरुमा स्वास्थ्य चौकी भवन निर्माणको कामहरु सकिँदै आएको छ ।

सामान्य उपचारको लागि पनि वडावासीहरुले धेरै खर्चेर बाहिर जानु पर्ने अवस्थालाई समधान गर्न १५ नं वडामा ल्याव सहितको स्वास्थ्य सेवा संञ्चालनमा आएको वडा अध्यक्ष निर बहादुर मगरले जनाए । मेयर चौधरीले भवन उद्घाटन कार्यक्रममा नगरवासीहरुले स्वास्थ्यको पहुँचलाई नजिक बाट सेवा लिन पाएको जनाए ।

जनताहरुले अब आफ्नै ठाउँमा कम खर्च धेरै सेवा सुविधाका साथ स्वास्थ्य सेवा लिन पाउने जनाए । उक्त कार्यक्रममा त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक मान वहादुर राई, १० न वडाका अध्यक्ष तथा रोजगार निर्देशन समिति सदस्य प्रकाश खड्का, स्थानीय नेता कमल राई लगायत स्वास्थ्यकर्मीहरुको समेत उपस्थित रहेको थियो ।