Monday, May 4News That Matters

त्रिनपा १५ को बाझो जमिनमा वृक्षारोपन

पूर्णपुष्टि, असार २० । त्रियुगा नगरपालिका १५ स्थितमा रहेको बाझो जमिनमा घाँस खेती सुरु गरिएको छ । स्थानिय किसानहरुलाई फाईदा पुग्ने गरी त्यस क्षेत्रको बाझो जमिनमा घाँस खेती सुरु गरिएको हो ।

हुरेण्डेक उदयपुरले डिभिजन वन कार्यालय गाईघाटसँगको सहकार्य र वल्र्ड नेवर्सको साझेदारीमा सञ्चालित नेपाल एकिकृत ग्रामिण विकास परियोजना अन्र्तगत समुहमार्फत घाँस लगायतका बोटविरुवा रोपेको हो । संस्थाले भोक, गरिवी, रोगविरुद्ध दिगो समाधान खोज्न र स्वस्थकर वातावरण निर्माण गर्ने लक्ष्यकासाथ समुह परिचालन गरि बृक्षारोपण गरेको हो ।

दश वटा समुह रहेको उक्त वडाका दुई सय सात घरधुरीलाई कृषिको दिगोपनाका लागि विभिन्न १३ प्रजातिका एक हजार घाँसका विरुवा रोपेको कार्यक्रम संयोजक विनु सुबेदीले जानकारी दिईन् । संस्थाले डाँले तथा भुई घाँस, अमला, हर्रो, वर्रो, वकाईनो, अम्बा, रिठ्ठा लगायतका कोषे, अकोषे विरुवा रोपेको र यस वाहेक संस्थाका कार्यक्षेत्रका अन्य ठाउँमा गरी दुई हजार पाँच सय विरुवा रोपिएको उनले बताईन् ।

त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले बाँझो जमिनमा विरुवा रोप्दै जमिन बाँझो राख्ने र विदेश गएर तल्लो स्तरको काम गर्ने परम्पराले नेपाली समाज अझ विग्रदै गएको बताए । उनले विदेशको मेहनत स्वदेशमै गरे सुन फलाउन सकिने बताए । ‘गरेर खान खोज्ने किसाका लागि स्वदेमै प्रसस्त ठाउँहरु छन्, ‘मेयर बस्नेतले भने, ‘उत्पादन गर्नुस बजारको चिन्ता नलिनुस, स्थानीय सरकार छ । उनले कृषिमा आत्मनिर्भर बनाउने गरी साझेदार संस्थामार्फत कामहरु अघि बढिरहेकाले स्वास्थ्य, शिक्षासँगै पर्यावरण क्षेत्रमा समेत नगरपालिकाले रणनीतिक योजना बनाउन लागेको बताए । बस्नेतले खावु, साउने क्षेत्र विशेषगरी अदुवा, बेसार, अम्लिसोको पकेटक्षेत्र बनाउने गरी र कृषि एम्बुलेन्समार्फत किसानका उत्पादित बस्तुलाई बजारसम्म पुर्याउने तयारी भईरहेको बताए ।

वातावरण सुहाउँदो विरुवा रोप्न सकेमात्र त्यसले प्रतिफल दिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले बताए । खाँबु क्षेत्र सामाजिक, आर्थिक र वातावरणीय हिसावले उपयुक्त ठाउँ भएकाले वातावरणमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । साहले बृक्षारोपण वातावरणीय हिसावले मात्र नभई आम्दानीको हिसावले पनि उपयुक्त रहेको बताए । उनले बाझो जग्गाको सदुपयोग बृक्षारोपण भएसँगै पशुचौपायलाई व्यवासायिक बनाउन मद्धत पुग्ने बताए । उनले विरुवा रोप्नु भन्दा पनि त्यसको संरक्षणमा मुख्य ध्यान दिनुपर्ने बताए । उनले रोपिएका विउँको संरक्षण र सम्र्बद्धनका लागि किसानलाई ध्यान दिन आग्रह गरे ।