
पूर्णपुष्टि, २२ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १५ खाँवुमा विश्व बातावरण दिवस मे ५ को अवसरमा बृक्षारोपन कार्यक्रम गरिएको छ । सोमवार वडाकै महत्वपूर्ण विद्यालयको रुपमा परिचित पुरानो विद्यालय सिद्धवती उच्च मावि खाँवुको प्राङ्गनमा बृक्षा रोपन गरिएको हो ।
डिभिजन वन कार्यालय गाईघाट उदयपुरको आयोजना तथा सिद्धवती सामुदायीक वन उपभोक्त समूह र जनकल्याण सामुदायीक वन उपभोक्ता समूहको संयुक्त सहयोगमा बृक्षारोपन गरिएको हो ।

दिवसमा बृक्षा रोपन कार्यक्रम सहित प्रदुषण रहित वातावारमा जोड दिईएको छ । स्वच्छ र स्वास्थ्य वातावारण्को परिकल्पनाका लागि प्लाष्टिक जन्य पदार्थलाई निर्मुल पार्नु पर्ने जनाईएको हो । “प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौँ, प्राकृतिमैत्री बिकल्पको उपायोग गरौ”ँ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो ।

पछिल्लो समय प्लाष्टिक प्रदुषण प्रमुख कारक बन्दै गएको भन्दै यसका निर्मुलतामा सबैको चासो बढ्नु पर्ने कार्यक्रममा जनाईएको हो । डिभिजन वन कार्यालय गाईघाटका प्रमुख इन्द्र प्रसाद सापकोटा अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको बिषेश आथित्यतामा दिवसलाई भव्य सम्पन्न गरेका थिए ।

