Friday, May 15News That Matters

त्रिनपा १५ पहिरो अपडेट : घाईते एकको मृत्यु

पूर्णपुष्टि, २५ असार ।
उदयपुरको त्रियुगा नगरपालिका १५ तोरीबारीमा पहिरोले पुरिएर घाईते एक जनाको मृत्यु भएको छ । घाईते तिन जना मध्ये हिरामायाको ८ बर्षिया छोरी पूर्णकला मगरको मृत्यु भएको स्थानीयले जनाएको छ । मृतकी मामा बिर बहादुर आलेले एकै घरका तिन जना पहिरोमा परेको बताए । घाईते भएका अन्य दुई जनालाई पनि उपचारमा पठाईएको छ भने नजिकका अन्य घरहरु पनि जोखिममा परेको छ ।