Monday, May 4News That Matters

त्रिनपा १५ मा एक हजार गुँरास रोप्ने लक्ष्य

पूर्णपुष्टि,असार १३ । त्रियुगा नगरपालिका १५ ले पर्यटन प्रवद्र्धन तथा गुँरास संरक्षण गेर्ने उदेश्यले गुँरासको विरुवा रोप्न अभियान सुरु गरेको छ । गुँरासलाई पायक पर्ने स्थान डहर रमिते सल्लाहापाखामा गुराँस रोप्ने कार्य भएको हो । त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले गुँरासको बिरुवा रोपेर अभियानलाई सुरुवात गरेको छ ।

वडा अध्यक्ष गणेश तिमल्सिनाका अनुसार गुराँस नेपालको राष्ट्रिय फुल सँगै पर्यटकहरुको मनै लोभ्याउने महत्वपूर्ण फुलको रुपमा रहेको जनाए । त्रियुगा नगरपालिका १५ नं वडाका केही भुभागहरु भने गुँरास हुने ठाउँले ओगटेको छ । यस वडामा पर्यटक आकर्षित गर्ने एक महत्वपूर्ण बिषय बन्न सक्छ गुँरास,” अध्यक्ष तिमिल्सीनाले भने, । उनले मानिसहरु गुँरास हेर्नका लागि कयौँ खर्चेर अन्य ठाउँमा पुगने गर्छ, हामिलाई यहिँ गुँरास रोपेर पर्यटकहरुलाई आकर्षित गर्नेछौँ, अध्यक्ष तिमिल्सीनाले भने, । उनले गुँरास आफैमा पर्यटकका लागि अमुल्य बस्तु रहेको भन्दै यसलाई संरक्षण गर्नु पर्ने बताए । सोही अनुरुप वडा र त्यहाँका स्थानीयहरु गुँरास संरक्षण र विरुवा रोप्ने अभियानमा लागेको जनाए ।

नगर प्रमुख वसन्त वस्नेतले रोपिएको विरुवालाई स्थानीय सरकारले संरक्ष र व्यवस्थापन गर्ने जनाए । अनुदानमा प्रदान गरेको विभिन्न जिवन उपयोगी सेवा सुविधाहरुको दिर्घकालिन रुपमा उपयोग गर्नु पर्ने बताए । उदयपुर जिल्लालाई पर्यटक पर्वधन गर्नकोलागि गुराँसको राजधानी भनिने तीनजुरेबाट खरित गरि ल्याएको विरुवा रोपन कार्यक्रमले यस ठाउँको सुन्दरता झल्काउँने मात्र नभई युवा लक्षीत रोजगारको अवसर पनि हुन सक्ने प्रमुख बस्नेतले बताए ।

डिभिजन वन कार्यालय, गाईघाट, उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले पर्यटन विकासको रुपमा रहेको यस क्षेत्रमा सुन्दर दृश्य अवलोकनमा सहज बनाउँनको निम्ति गुराँको बिरुवा रोप्ने कार्यक्रम सान्दभीक रहेको जनाए ।

उत्घाटको दिन वडाको रमिते, बाझभिर र सल्लापाखामा करिव १५० वटा गुँरासको विरुवा रोपिएको र अन्य विरुवाहरु रोप्न योग्य नभएकोले त्यसलाई नर्ससी निर्माण गरी रोप्न योग्य भएपछि पूण रोपीने स्थानीय युवा घमान सिंह राईले बताए । विरुवा त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले उपलब्ध गराएका थिए ।