
पूर्णपुष्टि, चैत २० गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१६ जाँतेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ६१ जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् । त्रियुगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनता सँग मेयर कार्यक्रम अन्तर्गत शनिबार १ सय ६१ महिला तथा जेष्ठ नागरिकले आधारभूत स्वास्थ्य परिक्षण गराएका हुन् ।
महिलाहरुको पाठेघरको जाँच, उपचार तथा व्यवस्थापन, जेष्ठ नागरिकको मुटु, मृगौला सम्बन्धि जाँच उपचार , कोभिड–१९ विरुद्धको खोप ,ल्याव तथा ईसिजी , परिवार नियोजनका अस्थायी साधन आयुसिडी,ईम्प्लान्ट, नि शुल्क औषधी वितरणल गाएतका सेवाहरु प्रदान गरिएको वडा नम्बर १६ का वडा अध्यक्ष मान बहादुर राईले बताउनुभयो ।

