Thursday, June 4News That Matters

त्रिनपा १६ मा जनताको मन जित्दै गठबन्धन, चुनावी प्रचार प्रसार व्यापक

पूर्णपुष्ट, बैशाख २०
त्रियुगा नगरपालिका वडा नं १६ मा गठबन्धनेले आफ्नो चुनावी प्रचारलाई तिव्र बनाएको छ । नगरकै बिकटको रुपमा रहेको १६ नं वडाका जनताहरुको घरदैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुले मत मागिरहेको छ ।

वडाअध्यक्ष पदका लागि उम्मेदवार मान वहादुर राई सहितको टोली घरदैलो अभियानमा हिडिरहेको छ । राई सोही वडाका पूर्व अध्यक्ष समेत हुन । राईले सम्हालेको वडाको कार्याकाल सुखदमय पनि भएका थिए । राईको कार्याकालमा जनतको हितमा धेरै कामहरु भएको जनताहरु आफै बताउँछन् ।

राई पूर्व शिक्षक तथा सामाजिक संस्थाहरुमा समेत अब्बल व्यक्ति हु्न् । राईले जनताको ग्रास लेभललाई बुझेर सानो होस या ठुलो कामहरु वडामा गरेको भन्दै जनताहरु खुसी छन् । राईको सम्पूर्ण प्यानलनै वडावासीहरुको घर र बिभिन्न टोलहरुमा गएर अमुल्य मत मागिरहेको छ ।