Monday, April 20News That Matters

त्रिनपा १ नं. वडा कार्यालयद्वारा अपाङ्गलाई न्यानो कपडा वितरण

गाईघाट÷पूर्णपुष्टि, मंसिर २७ । त्रियुगा नगरपालिका १ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८२–०८३ को लागि अपाङ्गता लक्षित न्यानो कपडा वितरण गरेको छ । शनिबार जोगिदहस्थित साकेला थानमा वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो ।

त्रिनपा वडा नं १ का वडा अध्यक्ष मनोज कुमार चौधरीले ३४ औँ राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ५६ जना वौधिक अपाङ्ग भएका पुरुष, महिला र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । वडाका सबै १०५ जना अपाङ्गलाई न्यानो कपडा वितरण गर्न लागेतापनि तिमध्ये ५६ जना मात्र उपस्थिति भएकोले हाल ५६ जनालाई मात्र न्यानो कपडा वितरण गरिएको अध्यक्ष चौधरीले बताए । आज न्यानो कपडा लिन छुटेकलाई वडा कार्यालयमा नै वितरण गर्ने अध्यक्ष चौधरीले बताए । न्यानो कपडामा प्रत्येक व्यक्ति एक–एक वटा सिरक (ब्लाङ्केट) वितरण गरिएको अध्यक्ष चौधरीले बताए ।