Thursday, June 18News That Matters

त्रिनपा ४ बगाहामा आर्गानिक मल उत्पादन सुरु

पूर्णपुष्टि, वैशाख १६ । त्रियुगा नगरपालिका ४ बगाहामा स्थानीय उद्योगबाटै आर्गानिक मल उत्पान सुरु भएको छ । हाम्रो भुमि आर्गानिक मल तथा कृषि सामाग्री उद्योगले मल उत्पादन सुरु गरेको हो । “कृषकको उद्धार माटोको सुधार” भन्ने मुख्य नाराका साथ उद्योगले बिभिन्न प्रकारका मल उत्पादन सहित कृष सामाग्रीहरु समेत सेवा थालेको हो । उद्योगले आर्गानिक मल जुतो, पोटासियन, माईक्रोन्युटियन र कल्चर गरी ४ ओटा मुख्य वस्तुबाट उत्पादन गरेको छ । उद्योग संञ्चालक मन कुमार राईका अनुसार स्थानीय स्तरकै सामाग्रीहरुबाट मल उत्पादन भएकाले मलको गुणस्तरमा संका नरहेको जनाए । बिषेशगरी स्थानीय कृषकहरुको गाई भैँसी गोबर र बाख्रा बड्कुङलाबाट मल उत्पादन गरिएको राईले जनाए ।

यो सँगै उद्योगले कृषि तालिम, माटो परिक्षण, आर्गानिक बिषदी, गोठ चुन, पोल्ट्री चुन, माछा चुन र बिभिन्न कृषि सामाग्रीहरु समेतको सेवा पनि उपलब्ध गराएको छ । उद्योगका प्राविधिक सल्लाहकार तथा माटो अभियान्ता विष्णु प्रसाद चापागाईँले बगाहामा उत्पादन आर्गानिक मलले मरिसकेको माटोलाई पून : जिवित बनाउने जनाए । उत्पादित मल कुनै पनि युरिया नभई आर्गानिक भएको भन्दै यस बाट उत्पादन सबै आर्गानिक हुने जनाए ।

उनले मानव जिवनको मुख्य औषधि भनेकै बिषादी युक्त खाना रहेको कृषकहरुलाई सुझाए । पहिलो कुरा बिषादी युक्त मल बारीमा हाल्न नहुने र त्यस बाट उत्पादीत अन्नवाली तरकारी सेवन गर्न समेत नहुने जनाए । पछिल्लो समय हामिले खाने कुनै पनि खानाहरुमै बिष सेवन गरिरहेको जनाए । माटोको मुख्य खाना भनेको मल रहेको उनले बताउँदै राम्रो मलले मात्रै स्वास्थ्य उत्पादन गर्न सक्ने चापागाईले जनाए ।

चापाईका अनुसार यस मलमा गाईगोरु र बाख्राको मल बाहेक माईक्रो न्युटियन अन्तर्गत कोईला, पिना, हड्डी, चुनढुँङगा लगायत १३ ओटा तत्व, कल्चर अन्तर्गत पनिरको पानी, गहुँत लगायतको १० ओटा तत्व र पोटासियनका लागि खरानी गरी बिभिन्न तत्वहरुकाबीच मल उत्पादन हुने जनाए । उद्योगमा ७ जनाको २२ लाख लगानी रहेको संञ्चालक समितिका सदस्य देव कुमार राईले जनाए । राईका अनुसार १० बर्षको लागि लिजमा लिएर मल उत्पादन गर्नेै कार्य सुरु गरेको जनाए । जसमा उद्योग संञ्चालक समितिको अध्यक्ष मन कुमार राई, उपाध्यक्षमा रामविलास चौधरी, सचिवमा धन कुमार राई र कोषाध्यक्षमा असोक कुमार श्रेष्ठ रहेको छ । यता सदस्यहरुमा भुवन श्रेष्ठ, देव कुमार राई र पर्शु राई रहेका छन् । यीनै समितिको सामुहिक लगानीमा उद्योगले मल उत्पादन गरेको हो ।
बैशाख ११ गते बाट सुरु गरेको मल उत्पादन उद्योगको उद्घाटन भने त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रुपमा आईतबार बगाहा स्थित नवदिप टोलमा गरेका हुन् ।