Friday, April 17News That Matters

त्रिनपा ५ श्रीपुरमा एमाले र कांग्रेस परित्याग गरी ६४ जना माओवादीमा प्रवेश

पूर्णपुष्टि, बैशाख १
त्रियुगा नगरपालिका ५ श्रीपुरमा हालै ६४ जनाले माओवादी पार्टी रोजेको छ । कांग्रेस र एमाले पार्टी परित्याग गरी करिब ६४ जनाले माओवादी पार्टी प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई माओबादी केन्द्र संघीय निर्वाचन क्षेत्र नं १ का इन्चार्ज तथा प्रदेश सदस्य द्रोण पौडेल ९निरज०, अर्का प्रदेश सदस्य सम्झना पाख्रिन ९योद्धा०, त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किराती, नगर अध्यक्ष गीता खड्का कार्की, उपाध्यक्ष तथा त्रियुगा १६ का वडाध्यक्ष मानहादुर राई र वाईसिएल उदयपुर इन्चार्ज दिपक किरातीले स्वगत गरेका छन् ।

नेपाली जनताको हितमा एजेन्डा तयार पार्ने पहिलो पार्टीनै माओवादी पार्टी रहेको भन्दै अन्य पार्टीहरुको कुनै आश नरहेको प्रवेशीहरुले जनाएको छ । नवप्रवेशी एमाले नेता भुपध्जव कार्कीले मुलुकमा परिवर्तन गर्ने, विकास र समृद्धि ल्याउने एक मात्र दल नेकपा माओबादी भएको भन्दै अहिलेको परिवर्तनलाई बलियो बनाउँदै देशमा समाजबाद ल्याउन आफु माओबादीमा समाहित भएको बताए ।

अर्का प्रवेशी काँग्रेस छाडेर आएका क्षेत्रबहादुर कार्कीले देशको आमुल परिर्तन गर्ने दल माओबादीबाहेक अर्को कुनै नजन्मेको हुनाले आफुहरु बिनाशर्त माओबादीमा आएको बताए । माओवादी केन्द्र त्रियुगा नगरपालिका ५ को संगठन सुदृढीकरण तथा पार्टी प्रवेश कार्यक्रमको क्रममा ठुलो संख्यामा माओवादीमा जनलहर छाएको हो ।

सोही कार्यक्रमको भेलाल भुपध्जव कार्कीको अध्यक्षतामा जलधार टोल कमिटी गठन भएको छ । ६४ सदस्यीय टोल कमिटीको सचिवमा टीकामाया कार्की रहेकी छिन् । त्यसैगरी भेलाले तारा कार्की संयोजक र पम्फा खत्री सहसंयोजक रहेको १९ सदस्यीय महिला टोल कमिटी तथा गिरीबहादुर बस्नेत संयोजक र कैलाश खत्री सहसंयोजक रहेको वाईसिएल टोल कमिटीको पनि गठन भएको छ ।