Wednesday, April 22News That Matters

त्रियुगाको निति तथा कार्यक्रम : उद्दमशीलता प्रवर्धन र रोजगारी विकास गर्ने

पूर्णपुष्टि, असार ११ । उदयपुरको त्रियुगा नगरपालिकाले दिगो रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर ‘मिसन रोजगारी’ दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियान सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको १५ औँ नगरसभाले यस अभियानलाई साकार पार्न लघु घरेलु तथा साना उद्योगको विकास र प्रवर्धन गर्दै रैनाथे ज्ञान, सीप र प्रविधिलाई नवप्रवर्तनकारी ज्ञान र क्षमतासँग आबद्ध गरी उत्पादित वस्तुहरूको बजारीकरणको सुनिश्चितता प्रदान गर्न सहयोग पुग्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएको छ ।

श्रम बजारको माग उपलब्ध स्रोत र जनशक्ति रोजगार प्रविधिको अध्ययन, रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान समस्याहरूको निदान गरी रोजगार रणनीति २०८० मा आवश्यक परिमार्जनसहित नगरपालिकाभित्र र बाहिर रोजगारी सिर्जनाका नविनतम उपाय एवं विकास तथा दिगो रोजगारी विकासका कार्यक्रमहरू सञ्चालन गरिने छ ।