Wednesday, June 10News That Matters

त्रियुगाको प्रथम मेयर स्व. लालशेर राई र पत्नी मिथिला राईको स्मृतिमा निशुल्क आँखा शल्यक्रिया

पूर्णपुष्टि, फागुन १८ । त्रियुगा नगरपालिकाका पहिलो मेयर स्वर्गीय लालशेर राई र धर्मपत्नी स्वर्गीय मिथिला राईको स्मृति दिवसमा मंगलबार निशुल्क आँखा शल्यक्रिया गरिएको छ । छोराहरु सचिन सागर राई र समिप राईको आर्थिक सहयोगमा साउनेका करिब ४५ जना मोतिविन्दु समस्याका बिरामीहरुको शल्यक्रिया भएको छ । माघ १० गते साउनेमा संञ्चालित निशुल्क आँखा सिविरको क्रममा शल्यक्रिया गर्नु पर्ने देखिएका बिरामीहरुलाई गाईघाट स्थित मदन भण्डारी आँखा अस्पतलामा शल्यक्रियाको व्यवस्था गरिएको हो । छोरा समिप राईका अनुसार आमा र बाबुलाई सम्झदै आखाँको मोतिविन्दु समस्या परेकाहरुलाई सेवा गरेको जनाए । शल्यक्रियामा प्राविधिक सहयोग डा. कमल खड्काको टोलीले गरेका थिए ।