Thursday, July 2News That Matters

त्रियुगाको बिजयी जुलुस सम्पन्न

पूर्णपुष्टि, जेष्ठ १६
त्रियुगा नगरपलिकामा मत गणना सकिए लगत्तै निर्वाचित जनप्रतिनिधिहरुले बिजयी जुलुस भव्य सम्पन्न गरेको छ । सोमवार सम्पन्न त्रियुगाको मत गणनामा नेपाली कांग्रेस बाट मेयर पदमा बसन्त कुमार वस्नेत र उपमेयरमा एमाले बाट महेश्वरी राई बिजयी बनेकी छिन् ।

मतगणना सम्पन्न भए लगत्तै निर्वाचन अधिकृतको कार्यालयले बिजयीहरुको नाम घोषित गरेका थिए । कांग्रेसका बस्नेतले एमालेका उम्मेदवार भागत राउतलाई पछि पार्दै बिजयी हाँसिल गरेका थिए । एकीकृत समाजवादी भने तेस्रो स्थानमा रहे ।

बस्नेतले १३९५९ मत ल्याएर मेयरमा बिजयी बने भने एमालेका भागतले ११८७३ मत ल्याए । यस्तै गरी एकीकृत समाजवादीका उम्मेदवार वलदेव चौधरीले ९१४७ मत मात्र ल्याए । उपमेयरमा भने एमालेकी महेश्वरी राईले कांग्रेसकी सरिता राईलाई हराउँदै जित निकाले । राईले १३७०३ मत ल्याउँदै जितेकी हुन् । यस्तै कांग्रेसकी सरिताले ११९८१ मत प्राप्त गरिन् भने माओवादीकी गित खड्काले ६५६८ मत ल्याईन् । निर्वाचित उम्मेदवारहरुले बजार परिक्रमा गरी बिजयी जुलुस भव्य मनाए ।