
पूर्णपुष्टि, बैशाख ३०
त्रियुगा नगरपालिकाको मत पेटिका मतगणना स्थल तर्फ लैजाने कार्य तिव्र भएको छ । बोक्से स्थिति भेटनेरी अस्पताल तथा पसुशेवा बिज्ञ केन्द्रको कार्यालयमा त्रियुगाको मतगणना हुने भएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदानको सम्पूर्ण मत पेटिकाहरु मतगणना स्थल बोक्से तर्फ लाने क्रम जारी रहेको छ । त्रियुगाको बिभिन्न मतदान स्थलहरुबाट मत पेटिका संकलन भैरहेको छ ।
त्रियुगा उच्च मावि, वालमन्दिर मावि, रातमाटे लगायतका मतपेटिकाहरु कार्यालयमा संकलन भैरहेको छ । यता १२ नं वडामा भने मतदानमा लफडा भएको कारण संकलन हुन सकेको छैन् । त्रियुगा नगरपालिका भरी रहेको १६ ओटै मतपेटिकाहरु गाईघाट स्थित जम्मा भैरहेको छ । पालिकाका ३ ओटा पहाडी भेगमा रहेको १६, १५ र १४ को पनि मत पेटिका जम्मा हुने क्रम जारी रहेको छ । मत पेटिका नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी र राजनितिक दलका प्रतिनिधिहरुको रोहबरमा मतगणना स्थल तर्फ लैजाने कार्य भैरहेको छ । त्रियुगाको बोक्सेमा मत पेटिकाहरु संकलन भैरहेको छ भने जिल्लाको अन्य पालिकाहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका संकलन भैरहेको छ ।
फोटोफिचर

