
पूर्णपुष्टि उदयपुर, कार्तिक ७
त्रियुगा नगरपालिकामा लगभग ६० जना कर्मचारीहरुको जागिर जाने अवस्था देखिएको छ । को र कुन शाखा, वडाका कर्मचारीको जागिर जाने हो त्यो भने स्पष्ट जानकारी मिलेको छैन । नगरपालिका स्रोतका अनुसार पालिका र १६ वडाहरुमा गरी ४३९ जना दरबन्दी संख्या पास रहेकोमा ४९० भन्दा बढि कर्मचारी नियुक्ती गरिएका छन् ।
जेनजी आन्दोलनको जगमा बनेको सरकारले तोकिएको दरबन्दी भन्दा बढि स्थानीय तहमा रहेका करार/अस्थायी कर्मचारी नराख्न निर्देशन पत्र पठाएपछि नगरपालिकाले त्यस्ता कर्मचारीलाई आजबाट काममा नआउने गरी सुचना जारी गरेको थियो ।
