
पूर्णपुष्टि, १ जेष्ठ ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले ब्यपारीहरुको ढक तराजु दर्ता तथा नविकरण गर्न सुरु गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरको समन्वयमा ढक तराजु दर्ता तथा नविकरणको काम सुरु गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार शनिवार जलजलेमा उक्त नविकरणको काम गरिने छ भने आईतबार र सोमवार भने त्रियुगा उद्योग बाणिज्य संघको हलमा गरिने अधयक्ष रसाईलीको भनाई छ ।

