Sunday, June 14News That Matters

त्रियुगा आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काईयाे

पूर्णपुष्टि, फागुन २६
उदयपुरकाे त्रियुगा नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले हाजिर नगराई फर्काएका छन् । मन्त्रालयकाे ताकेतापछि प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा हाजिर हुन हिजाे पालिका कार्यालय आएका उपसचिव संजयबहादुर राजलवटलाई मेयर वसन्त बस्नेतले हाजिर नगराएकाे पत्र थमाएर फर्काएकाे हाे ।

हाजिर हुन आएकाे प्रमुखलाई फर्काईएपछि पालिका कार्यालय प्रमुखविहिन् बनेकाे हाे । कार्यालय प्रमुख नहुदा याेजना सम्झाैता, भुक्तानी तथा आर्थिक निर्णयका कामहरु ठप्प भएका छन् । यसले नगरकाे महत्वपूर्ण सेवाहरु प्रभावित बनेका छन् । एकसातादेखि निमित्त कार्यालय प्रमुख किरण कार्कीकाे भरमा कार्यालय रहेकाे छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयले एक महिनाअघि माघ २७ मा त्रियुगाका प्रमुख प्रशासकीय अधिकृतमा खटिरहेका मानबहादुर वनलाई काेशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा सरुवा गरेकाे छ भने दुधाैली नगरपालिका, सिन्धुलीमा कार्यरत राजलवटलाई त्रियुगामा खटाएकाे थियाे । फागुन ३ मा मन्त्रालयले खटाईए बमाेजिम काममा जान ताकेतासमेत गरेकाे देखिन्छ ।