Saturday, April 25News That Matters

त्रियुगा उद्याेग वाणिज्य संघकाे केन्द्रमा आधिकारिक सहभागिता

पूर्णपुष्टि, वैशाख ४ ।
त्रियुगा उद्याेग वाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईली नेपाल उद्याेग वाणिज्य महासंघकाे वाणिज्य दिवस तथा साधारणसभामा आधिकारिक प्रतिनिधीकाे रुपमा भाग लिएर जिल्ला फर्किएका छन् ।
चैत्र २८ र २९ गते काठमाडाैमा सम्पन्न कार्यक्रममा संघकाे तर्फबाट मुख्य प्रतिनिधीकाे रुपमा सहभागी भएका हुन् । प्रतिनिधिकाे रुपमा प्रथम उपाध्यक्ष नवीन बस्नेत र सचिव रुपम अनुराग गुप्ता सहभागी थिए ।
महासंघ केन्द्रले आधिकारिकता दिईसकेकाे रसाईली नेतृत्वकाे संघले महासंघकाे सबैजसाे कार्यक्रमहरुमा भाग लिदै आएकाे छ भने त्रियुगा नगर क्षेत्रमा बजार, उद्याेग, व्यापारसंग सम्बन्धित कार्यक्रमहरु अगाडि बढाउदै आएकाे छ ।
हाल १० दिने कर सम्बन्धी तालिम सञ्चालन गरिरहेकाे संघले गाईघाट क्षेत्रमा विग्रेका सिसि क्यामेराहरु सञ्चालनकाे पहलमा जुटेकाे जनाएकाे छ । अध्यक्ष रसाईलीका अनुसार सिसि क्यामेरा मर्मत, सम्भारसमेत गरि सञ्चालनका लागि जिल्ला प्रहरी र नगरपालिकासंग सहकार्यका साथ काम बढाएकाे छ । बजारकाे बढ्दाे भिडभाड र चुनावी अबस्थालाई मध्यनजर गर्दै सिसि क्यामेरा सञ्चालनमा ल्याउन लागिएकाे हाे ।