
पूर्णपुष्टि, साउन १
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका कार्यवाहक अध्यक्ष रमेश रसाईलीले सल्लाहाकार समिति चयन गरेका छन् । संघको संस्थापक अध्यक्ष रत्न बहादुर श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय सल्लाहाकार समिति चयन गरेको हो ।
सल्लाहकार सदस्यहरुमा भुतपूर्व अध्यक्ष रामचन्द्र गुप्ता, अर्का भुतपूर्व, अध्यक्ष सुर्य नारायण शाह, भुतपूर्व प्रथम उपाध्यक्ष भरत सिंह राई, भुतपूर्व माहासचिव बसन्त बस्नेत, भुतपूर्व सचिव केशव प्रसाद घिमिरे चयन भएका हु्न् । यसै गरी कानुनी सल्लाहकारमा सोमनाथ ढुंगाना चयन भएका छन् । रसाईलीको अध्यक्षतामा आज बसेको बैठकले सल्लाहाकार समिति चयन गरेको हो ।
संस्थाको पाँच वर्षदेखि साधारण सभा नगरेको र बेरुजु फर्साैट नगरेको भन्दै संघका अध्यक्ष गजेन्द्र भगतलाई निलम्वन गरिएपछि रसाईली कार्यवाहक अध्ययक्ष रहेका छन् । यसैबिच अध्यक्ष भगतलाई निलम्वनको पत्र काटी हुलाक मार्फत पठाएकोमा बुझ्न नमानेको भन्दै हुलाकले फर्काएको छ । फर्काएको पत्रलाई संञ्चार माध्यम मार्फत सार्वजानिक गर्ने प्रक्रियाको निर्णय समेत गरेको छ । पत्र नबुझेको सन्दर्भमा बिना प्रक्रिया बिना जानकारी आफु अध्यक्ष रहेको संस्था बाट पत्र आएकोले आफुले नबुझेको अध्यक्ष भगतको भनाई छ ।
