
पूर्णपुष्ट, साउन २ ।
उदयपुर जिल्ला साईक्लिङ संघले आज आयोजना गरेको “गाईघाट कोरा च्यालेन्ज २०२१” अन्तर्गत विहानै गाईघाट मुख्यचौकदेखि यात्रा अगाडी बढेको छ । त्रियुगा नगरपालिकाको सहयोग रहेको कोरा च्यालेन्ज ५० किलोमिटरको रहेको आयोजक सदस्य सन्तोष गुप्ताले जानकारी दिएका छन् । 
च्यालेन्ज अन्तर्गत ६ः३० बजे मुख्यचौकमा जम्माभई विहान ७ ः ०० बजे हिडेको यात्रा ८ ः ०० बजे चुहाडेमा वाटरब्रेक गर्नेछ । लन्चब्रेक सुकौरामा विहान ११ ः०० बजे राखिएको च्यालेन्ज फेरी फर्केर दिउसो २ ः०० बजे चुहाडे चौकमा आएर वाटरब्रेक गर्नेछ । दिउसो ३ ः०० बजे मुख्यचौकमा पुगेर समापन गर्नेछ ।
कार्यक्रमलाई ब्यवस्थित बनाउन संयोजनको भुमिका बाँडफाँट गरिएको छ । प्रमुख संयोजन संघका उदयपुर अध्यक्ष जितेन्द्र रोइलाको रहेको छ भने सहभागि संयोजनमा सन्तोष गुप्ता, यात्रा शुभारम्भको संयोजन राजनारायण साह, जाँदाको अवस्थामा चुहाडेमा वाटरब्रेकको संयोजन रोसन माझी, सुकौरामा लन्चब्रेकको संयोजन कुविराज राईले गर्नेछन् । त्यसैगरी फर्किदाको अवस्थामा चुहाडेमा वाटरब्रेकको संयोजन आङपासाङ शेर्पाले गर्नेछन् । यात्रामा सहभागिलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । 
गतवर्ष एकसय किलोमिटर बढिको कोरा यात्रालाई यसपटक ५० किलोमिटरको बनाइएको छ । यसमा सबै साईक्लिस्टहरुको सहभागितालाई ध्यानमा राख्दै यसपटक एकदिने ५० किलोमिटरको यात्रा तय पारिएको आयोजकले जनाएको छ । युवाहरु पर्यटन प्रवद्र्धन र स्वास्थ्यका लागि संगठितरुपमा साईक्लिङ गर्दै आएका छन् ।
युवाहरुको सामुहिक एकता र समाज रुपान्तरण प्रयासमा अगाडी बढेको संघले बेलाबेलामा यस्तो कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

