
पूर्णपुष्टि, चैत्र २३
त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले ५० जना सुनचाँदी व्यवसायी संघका व्यापारी तथा व्यवसायीहरुलाई करदाता शिक्षा तथा व्यवसायीक लेखा तालिम दिइरहेको छ । मंगलबार देखी सुरु भएको उक्त तालिम १० दिन सम्म संञ्चालन हुने संघका अध्यक्ष रमेश रसाईलीले जनाए ।
व्यपारीहरुमा कर शिक्षा र व्यवसायीक आर्थिक लेखा जोखा सम्बन्धि सम्पूर्ण ज्ञान नहुँदा धेरै विलहरु विजक हुने भन्दै यसै समस्याको समधान स्वरुप तालिमको आयोजना गरिएको अध्यक्ष रसाईलीको भनाई छ । यसरी सम्पूर्ण आर्थिक लेखाबारे ज्ञान नहुँदा सरल तरिकाले कर बुझाउन नसकिने जस्ता झन्जटहरु प्रत्यक्ष रुपमा देखा परिरहेको अध्यक्ष रसाईलीको भनाई छ । रसाईलीका अनुसार व्यापार व्यवसायीहरु प्रत्यक्ष आर्थिक कारोवार सित सम्बन्ध रही रहने हुँदा कर सम्बन्धि सहज बुझाई र सिस्टमेटिक आर्थिक लेखा परिक्षणको आवश्यक रहेको जनाइएको छ ।

उनले व्यवसायीको हिसाव कितावलाई सहज बनाई आम्दानीमुखी समेत बनाउने भन्दै तालिमको आयोजना गरिएको जनाए । रसाईलीले अव गाईघाटभरी रहेका कुनै पनि क्षेत्रका व्यवसायीहरुलाई करिब २ महिना सम्म यस बिषमा तालिम दिईने जनाए । उनले व्यापार सँग सम्बन्धित डिलर, हार्डवेर, किराना, कपडा, होटल जस्ता बिभिन्न क्षेत्रमा रहेका व्यापारीहरुलाई पालैपालो तालिम उपलब्ध गराउने जनाए । यस तालिममले व्यापारीहरुलाई कर सम्बन्धि पूर्ण जानकारी र आफ्नो नाफा नोक्सान सँगै आर्थिक लेखा जोखा र खातापातालाई व्यवस्थीत बनाउन मदत गर्ने संघको विश्वास छ ।
उदयपुर सुनचाँदी व्यवसायी संघको सहयोग र त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा हरेक दिन बिहान २ घण्टा तालिम संञ्चालन भईरहेो छ । तालिमको सहजीकरण एसोसिएट्स लेखा प्रविधिविज्ञ मणिराज थापाले गरिरहेका छन् ।

