त्रियुगा उद्योग वाणिज्य संघ अधिबेशनबाट भाग्न खोज्दै

पूर्णपुष्टि, मंसिर १९ गते ।
६ महिना अघि नै कार्यकाल सकिसकेको त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले अधिवेशनको छाटकाट देखाएको छैन । गत असारमा तीनवर्षे कार्यकाल पुरा भएर अधिवेशन गर्नुपर्ने कार्यसमितिले ६ महिनाको कार्यावधी थपेको थियो । अधिवेशन यहि मंसिर २८ र २९ गते गर्ने निर्णय भएको थियो । थव कार्यावधी सकिन सातादिन मात्र बाँकी हुँदासम्म अधिवेशनको छाटकाट देखाएको छैन । अधिवेशनको तयारी, आन्तरिक छलफल, बैंठक, प्रचार प्रसार जस्ता कुराहरु केही भएको छैन । बार्षिक रुपमा साधरण सभा हुनु पर्नेमा समितिले त्यो पनि नगरेको व्यवसायीहले बताएका छन् ।

व्यापारी, व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको उद्योग वाणिज्य संघले समयमा साधरण सभा, अधिवेशन गर्नुपर्दछ । अपारदर्शीता, अनियमितता र पद लोलुपताका कारण पनि यस्ता लगत हर्कत हुने भन्दै अव स्थानीय सरकार स्थापना भईसकेकोले उसले र सरोकारवाला निकायले पनि चाँसो दिनुपर्ने व्यवसायी राजकुमार शर्माले बताउनुभयो । थप गरिएको समयावधीमा पनि अधिवेशन नगरेर अझ पदावधी थप्ने षड्यन्त्र भईरहेको आशंका गर्दै त्यसो गरिए हालको नेतृत्वले यहाँका ब्यापारी, ब्यवसायीहरुमाथि कुठाराघात गरेको ठहरिने बताए ।

संघले आप्mना सदस्यहरुको हकमा संस्था नविकरण, लेखा परिक्षण जस्ता अनिवार्य सर्तमा पनि चुकेको आरोप ब्यवसायीहरुको छ । सम्बन्धीत निकायले त्यसप्रति चासो दिनुपर्ने उनीहरुको माग छ ।

अधिवेशनको सन्दर्भमा संघका प्रथम  उपाध्यक्ष रमेश रसाईलीले सार्बजनिक कार्यक्रमहरुमा यहि मंसिर २८ र २९ गते नै अधिवेशन हुने बोलिहिडेका छन् । सचिव दिनेश श्रेष्ठ पनि यहि समयमा हुनुपर्ने पक्षमा छन् । तर, अध्यक्ष गजेन्द्रकुमार भगतले अधिवेशन गर्ने संकेत देखाएका छैनन् । उनले अधिवेशनको कुनै तयारी र प्रक्रिया अघि सारेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0