
पूर्णपुष्टि साउन, २
त्रियुगा नगरपालिकामा ५९ जना कर्मचारीहरुको म्याद थप नहुने भएपछि आन्दोलित करारका कर्मचारीहरुले नगर प्रमुख वसन्त वस्नेतलाई ध्यानाकर्षण गराएको छ । उनिहरुले संघर्ष समितिनै बनाई म्याद थप नहुने कुरालाई तत्काल फिर्ता गर्न भन्दै सोमवार नगरप्रमुख वस्नेतलाई ज्ञापन पत्र बुझाएको हो । अचानक नगर प्रमुखको यो निर्णयले आफुहरुलाई अन्याय भएको र आफुहरुको रोजिरोटीनै खोसिएको कुरा ज्ञापन पत्रमा उल्लेख गरी प्रमुख वस्नेतलाई ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

उनिहरुले मेयरको एक निर्णयले राजनितिक इसुको आधारमा आफुहरुलाई बिचल्ली बनाउने काम गरेको कुरा बताएको छ । अरु थुप्रै करारका कर्मचारीहरु सेवामै खटिरहेको भएपनि ५९ जनालाई मात्रै म्याद थप गर्न नहुने कुराहरु संकास्पद र अन्यायपूर्ण रहेको आन्दोलनकारी कर्मचारीहरुको भनाई छ ।
यता मेयर वस्नेतले भने नगरपालिकाको आर्थिक बोजलाई कम गर्न अनावश्यकीय कर्मचारीहरु हटाईएको जनाएको छ । करौडौँ रुपयाँ कर्मचारीहरुमै खर्चिनु पर्ने हुँदा नगरपालिकाको विकासमा समस्या पर्ने भन्दै आर्थिक बोज हुने कुराको समधान स्वरुप कर्मचारीको म्याद थप नहुने सुझाएको जनाए । ज्ञापन पत्र लिँदै मेयर वस्नेतले यसवारे कार्यपालिका र सम्बवन्धित क्षेत्रहरु सँग तत्काल छलफल गरी के गर्न सकिन्छ निर्णय गर्ने जनाए । नगरपालिकाले आवश्यकीय र गर्न सक्ने कुराहरु निर्णयमा गर्ने जनाए ।


