Monday, June 1News That Matters

त्रियुगा खेलकुद महोत्सव महिला भलिवल प्रतियोगिता तर्फ यी दुई वडा फाईनल प्रवेश

पूर्णपुष्टि, फागुन २९

प्रथम त्रियुवा नगर खेलकुद महोत्सवको महिला भलिवल तर्फ त्रियुगा नगरपालिका १५ र त्रियुगा नगरपालिका ११ फाईनलमा प्रवेश गरेको छ ।

त्रिनपा १० बोक्से खसि बजारमा जारी वलिवल प्रतियोगिताको महिला तर्फ यी २ वडा फाईनल प्रवेश गरेको हो । नगरपालिका भरिका बिभिन्न वडाहरुको सहभागीमा जारी महिला भलिवल प्रतियोगिताबाट १५ र ११ ले फाइनल सम्मको खेल तय गरेको छ । शनिवार सेमि फाईनल सम्मको खेलमा १५, ११, ३ र १० नं वडा गरी ४ ओटा टिमले खेलेका थिए ।४ टिमको प्रतियोगिता बाट फाइनलमा १५ र ११ प्रवेश गरेको हो । ११ नं वडाले १० नं वडालाई बेस्टव फाईभको अन्तिममा १८ मै रोकेर आफ्नो जित सुरक्षित गरेका थिए ।

यता १५ वडाले ३ नं वडालाई फराकिलो अंकमा ३ ओटै सेट जितेका थिए । बेस्टव फाईको अन्तिममा ९ मै रोकेर १५ नं वडा फाइनल प्रवेश गर्यो ।

पुरुष तर्फको सेमि फाईनल खेल दिउँसो २ः३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ । भलिवलको फाइनल भोली आईतबार बोक्से खसिबजारमा हुने आयोजकले जनाएको छ ।