Monday, June 1News That Matters

११ नं वडालाई ४–१ ले हराउँदै १० नं वडा फाइनल प्रवेश

पूर्णपुष्टि, फागुन २९

प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २१ औँ स्व लालसेर राई मेयर गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा १० नं वडाले आफ्नो यात्रा सुरक्षित गरेको छ ।

शनिवार थारुहट रंगशालामा जारी फुटवल प्रतियोगितामा १० नं वडाको तर्फबाट ४ गोल गर्दे ११ नं वडालाई सेमिफाइनलबाट आउट गरेको छ । प्रथम त्रियुगा खेलकुद महोत्सवको अवसर पारी जारी स्व लालशेर राई मेयर गोल्डकपमा नगरभरिका बिभिन्न १४ ओटा वडाले सहभागी जनाएका थिए ।

सेमिफाइनल सम्म आईपुगेका ११ नं वडाले खेल अबधिभर सुनिल खड्काले १ गोल मात्रै गर्न सफल भए ।

उता १० नं वडाको तर्फबाट समि राउत २ गोल, दिपक मगरले १ गोल र अनिस सेवाले १ गोल गरी जम्मा ४ गोल हान्न सफल भए ।

खेलमा दिपक मगर म्यान अफ द म्याच घोषित भए । उनले रु १ हजार नगद सहिद ट्रफि पाए ।