Friday, June 26News That Matters

त्रियुगा नगरपालिकाको आठौँ नगर सभा आज

पूर्णपुष्टि, फागुन १३
उदयपुरको सबै भन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिकाको आठौँ नगरसभाको बैठक आज भव्य हुँदैछ । उक्त नगरसभाको बैठक हुने भएकाले शुक्रबार नगरको सबै सेवा प्रबाह स्थगित हुने नगरले जनाएको छ ।


नगरपालिकाले नगर सभाको बैठक हुने भन्दै एकदिनका लागि सेवा स्थगित बारे सूचना प्रकाशन समेत गरेको छ । सूचनामा त्रियुगा नगरपालिकाको कार्यालय, मातहतका १६ वटै वडा कार्यालयहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण नियमित सेवाहरु प्रवाह नहने प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकजनाएको छ ।

यसबाट नगरवासीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी छ भन्दै सूचना प्रकाशित गरेको छ । नगरले एक दिन सेवाग्राहीमा पर्न गएको बिभिन्न काम कार्वाहीको असर बारे क्षमा याचनाबारे समेत सूचनामा उल्लेख गरेको छ ।