Thursday, May 21News That Matters

त्रियुगा नगरपालिकाको आफ्नै प्रशासकीय भवन शिलान्यास

पूर्णपुष्टि, चैत्र १३
त्रियुगा नगरपालिको २५ औँ बर्ष पुरा जन्मजयन्ती रजत महोत्सवको अवसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । भवनको शिलान्यास त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी र प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले आईतबार संयुक्त गर्नुभयो । भवन त्रियुगा नगरपालिका १० नं वडा स्थित बाँसबारी आखाँ अस्पताल नजिक बन्न लागेको छ ।

भवन शिलान्यास सँगै शिला लेखको पनि अनावरण गरिएको छ । उक्त भवन १४ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न तरिकाले निर्माण गरिने नगर प्रमुख चौधरीले बताउनुभयो । बजेटको लागि संघिय सरकारको ६ करोड र नगरपालिकाको ८ करोड गरी जम्मा १४ करोड सम्झौता भैसकेको र अब टेन्डर लगाएर तत्काल १ महिना पछि काम सुरु हुने मेयर चौधरीले बताउनुभयो ।

चौधरीले नगरपालिकाको आफ्नै प्रशासकीय भवन बनेपछि काम गर्न सहज हुने भन्दै भवन सिलिन्यास र निर्माणको काम गर्ने जनाएको छ । उनले हाल रहेको भवन सानो र अव्यवस्थीतका कारण काम गर्न निकै मुस्किल भएको जनाए । यस भवन निर्माण सँगै जनताहरुको कामलाई थप सहजताका साथ सेवा प्रवाह गर्ने उदेश्य सहित भवन निर्माण गरिने चाौधरीले जनाए ।