
पूर्णपुष्टि, जेष्ठ ३
त्रियुगा नगरपालिकाले स्थानीय सरकारको रुपमा जिम्मेवारी प्राप्त गरेको पहिलो कार्यकालमा ४७ कानुन निर्माण गरेको छ । देश संघियता पश्चातको पहिलो स्थानीय सरकारको कार्याकालमा रहेर त्रियुगाले ४७ कानु निर्माण गरेको हो । निवर्तमान मेयर वलदेव चौधरी र देवी कुमारी चौधरी रहेको पहिलो कार्यकालले यी कानुनहरु निर्माण गरेको हो ।
त्यस मध्ये ८ वटा ऐन, ६ वटा नियमावली, २ वटा मापदण्ड, एक वटा आचारसंहिता, ४ वटा निर्देशिका र २६ वटा कार्यविधि गरी जम्मा ४७ कानुन बनेका छन् ।
त्रियुगा नगरपालिकाको प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन, संस्था दर्ता सम्बन्धी ऐन, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन, न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, सहकारी सम्बन्धी ऐन, शिक्षा ऐन, शंसोधित शिक्षा ऐन र वातारण संरक्षण गर्ने सम्बन्धि ऐन बनेको त्रियुगा नगरपालिकाका सुचना अधिकारी विश्व जित राईले बताउनुभयो । कानून बनेका मध्ये पाँच वर्षमा २ मापदण्ड बनेका छन्, भवन सम्बन्धी मापदण्ड र अति विपन नागरिक औषधि उपचार सहयोग तथा विपद राहत सम्बन्धि मापदण्ड बनेका छन् ।
त्रियुगा नगरपालिका नगर कार्यपालिका ९कार्यसम्पादन० नियमावली, ९कार्य विभाजन० नियमावली, नगर कार्यपालिकाको बैठक संचालन नियमावली, नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली, नगर शिक्षा नियमावली र नगर वातावरण संरक्षण सम्बन्धि नियमाली बनेका छन् ।
त्रियुगा नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता र त्रियुगा नगरपालिकाको बजार अनुगमन निर्देशन, अभरमा नगर कार्यक्रम संचालन निर्देशन, सव बहान संचालन निर्देशन र स्थानिय तहमा स्वास्थ्य संस्था दर्ता, स्तरउन्नती तथा नविकरण जस्ता निर्देशनहरु समेत बनेका छन् ।
