
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिकाले बरुवा बसपार्क र मदनभण्डारी सभाहलको अवैधानिक भौतिक संरचना हटाउने भएको छ ।
नगरपालिकाले आज एक सुचना जारी गर्दै भोली (बिहिबार) देखी वडा नं. ३ स्थित बरुवा बसपार्क र वडा नं. १३ स्थित मदनभण्डारी सभाहल क्षेत्रको अवैधानिक भौतिक संरचना हटाउने जानकारी दिएको हो ।
कार्यापालिका बैठकले भवन तथा बाटो सम्बन्धि मापदण्ड २०७४ विपरित हुने गरी निर्माण भएका वा निर्माणाधिन घर, टहरा, भवन एवम् अन्य भौतिक संरचनाहरु हटाउने निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा वडा नं. ३ र १३ लाई सार्वजनिक सुचना टाँसी सहजिकरण गर्न समेत निर्देशन दिईएको छ ।
