Thursday, April 23News That Matters

त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ राहत लिएर लाग्यो भुकम्प प्रभावित क्षेत्रतर्फ

पूर्णपुष्टि, ५ कार्तिक ।
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ भुकम्प प्रभावित क्षेत्र जाजरकोट लागेको छ । यी दुवै टोलीले आआफ्नो तर्फबाट राहत सामाग्री बोकेर मंगलबार बिहान त्यस तर्फ लागेका हुन् । त्रियुगा नगरपालिकाले तीन लाख ८३ हजार पाँच सय बराबरको ५ हजार ९ सय किलो चामल, २८ हजार चार सय ४२ रुपैया बराबरको ७८ थान म्याट, ९८ हजार ९६५ रुपैया बराबरको २९० थान न्यानो कपडा, एक लाख एक हजार ६ सय बराबरको २०० थान ब्ल्याकेट, एक लाख बराबरको ९० थान त्रिपाल, ६ हजार बराबरको चार थान ठूलो त्रिपाल, ५४ हजार बरबारको १२ सय थान सेनिटरी प्याड, एक लाख १५ हजार बराबरको ४८ थान विभिन्न प्रकारको औषधि लगोको छ । यस्तै त्रियुगा उद्योग बाणिज्य संघ घाईघाटले पनि सय थान त्रिपाल लगेको छ । उक्त राहत सामाग्री जाजरकोटका स्थानीय सरकार र जिल्ला प्रशासन प्रमुखलाई जिम्मा लगाईने जनाईएको छ ।