
पूणर्पुष्टि, कार्तिक २०
त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका ११ नं वडा २० गते देखि २८ गते सम्मलाई बन्द रहने भएको छ । नगरपालिका र वडा कार्यलयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवाहरु कार्तिक २८ सम्म बन्द हुने भएको नगरपालिका र वाडाले सूचना सार्वजानिक गरेको छ । 
नगरपालिकाका इन्जीनियर समेत र वडा कार्यलय कर्मचारी सहित ८ जना कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्न लगिएको नगरपालिकाले जनाएको छ । नगर र वडाको ८ जना र अन्य २ जना गरी त्रियुगा नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
नगरपालिका र ११ नं वडा कर्यालयको कर्मचारीहरु सहित ७४ जनाको स्वाव संकलन गरेका मध्य १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुको स्वाव विराटनगरको कोशि कोरोना अस्पतालको ल्यावमा मंगलबार पठाईएको थियो । बुधबार आएको रिपोर्टमा नगरपालिकाको इन्जिनियर सहित अन्य कर्मचारी, वडाका कर्मचारी र थप अन्य २ गरी १० जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
