
पूर्णपुष्टि, कात्तिक २१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडामा रहेको कार्यालयले प्राधिकरणका इन्जिनियर रंगेहात पक्राउ परेको छ ।
१० लाख रुपैयाँ घुस रकमसहित हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इन्जिनियर ईश्वरीप्रसाद जयसवाललाई पक्राउ गरेको हो ।
हेटौँडाको बसपार्कमा रहेको एक होटलमा ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा जैसवालले १० लाख रुपैयाँ घुस रकम मागेको थियो । त्यही घुस रकम दिँदा दिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
पक्राउपछि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानको हेटौँडा कार्यालयले जनाएको छ ।
