Monday, April 20News That Matters

त्रियुगा नगरपालिका १५ नं वडामा निशुल्क स्वास्थ्य सिविर संञ्चालन हुने

पूर्णपुष्टि, १६ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १५ रानिवासमा एक दिने निशुल्क स्वास्थ्य सिविर आयोजना गरिने जनाईएको छ ।

यहि शनिवारका दिन त्रियुगा नगर स्वास्थ्य शाखाको आयोजना तथा वडा नं १५ स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा शिविर संञ्चालन हुने जनाईएको छ । सिविरमा भिडियो एक्सरे ,ईको, ईसिजि, सुगर ,प्रेसर र महिला हरुमा देखापर्ने सबै प्रकार रोगहरुको निशुल्क चेकजाँच गरिने वडाअध्यक्ष गणेश तिमिल्सीनाले जनाए ।

अध्यक्ष तिमिल्सीनाका अनुसार वडावासीहरुलाई स्वास्थ्यमा पहुँच पुराउने भन्दै त्रियुगा नगरशाखाले उक्त सिविर १५ नं वडामा गर्न लागेको जनाए । उनले यस सिविरमा सम्पूर्ण वडावासीहरुले उपस्थिति जनाई आफ्नो रोगबारे सचेत हुन सबैमा अनुरोध गरे । उनले यस सिविरलाई स्वास्थ्य क्षेत्रको पहुँचमा महत्वपूर्ण अवसरको रुपमा लिन वडावासीहरुलाई आग्रह समेत गरेका छन् ।