
पूर्णपुष्टि, असार २२
बर्खाको समयमा जोखिम रहने खोला नालालाई बचाउने अभियानमा लाग्नु पर्ने अवस्थामा त्रियुगा नदीमा भने अबैद्ध उत्खनन भैरहेको छ । सरकारले खोला उत्खननमा रोक लगाईरहेको अवस्था रहेपनि उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीमा भने उत्खनन भैरहेको छ । यसरी खुलेआम भैरहेको उत्खनन्मा सम्बन्धित निकायहरुले कुनै ध्यान दिएको अवस्था छैन् ।
त्यस ठाउँमा गैरकानुनी रुपमा वालुवा, ढुँगा तथा ग्रावेल उत्खनन नरोकीएको स्थानीयहरुले जनाए ।
देउरीबाट सिँधै तल खोलामा वालुवा तथा ढुङ्गा निकाल्ने काम भैरहेको अवस्थामा पनि सम्बन्धित निकायहरु आँखा फुकालेर हेर्न सिवाय केहि कानुनी कार्वाही तर्फ लागेको छैन् । त्यस स्थान बाट दैनिक रुपमा ५ वडा बढी ट्याक्टरले खोलाका सामाग्री उत्खनन गरिरहेको अवस्था छ । दिनडाहडै खोला उत्खनन भैरहँदा नजिकैको प्रहरी र सम्बन्धित निकायहरु चुपचाप रहेको छ । खोला उत्खननलाई सम्बन्धित निकायहरुले चासो नदिएपछि स्थानीयहरुले मिलेमतोमा यस्तो कार्य भैरहेको हो की भन्ने आशंका समेत गर्न थालेको छ ।
