Wednesday, June 10News That Matters

त्रियुगा मेयर चौधरीलाई पुत्रशोक

पूर्णपुष्टि, मंसिर ४ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई आज पुत्रशोक परेको छ । मेयर चौधरीको अन्दाजी ३२ वर्षिय छोरा मनोज चौधरीको शनिबार पिकनिकमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

चौदण्डीगढी नगरपालिकाको देवधारमा पिकनिक गएकोमा पिकनिकको क्रममा पौडी खेल्दा डुबेका थिए । डुबेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको सुरक्षा स्राेतले जनाएकाे छ ।