Thursday, May 21News That Matters

त्रियुगा रजत महोत्सवको दोस्रो दिन पनि बिभिन्न ठाउँमा साईकलिङ

पूर्णपुष्टि, चैत्र १२
त्रियुगा नगरपालिका २५ औँ बर्षको रजत महोत्सवको अवसरमा दोस्रो दिन पनि साईकलिङ भएको छ । बिहानस ७ बजे त्रियुगा नगरपालिका बाट गाईघाट बजार परिक्रमा गरी गैरुन, राजवास, चुहाडे लगायत ठाउँहरुमा साईकलिङ गरिएको हो । नगर प्रमुख वलदेव चौधरीले आज यस महोत्सवको अन्तिम दिन रहेको भन्दै दोस्रो दिनको साईकलिङहरुलाई पनि सुभारम्भको सुरुवात गरेका थिए । रजत महोत्सव आज बिभिन्न राष्ट्रिय खेलहरु सहित समापन हुँदै छ । सो खेलको उद्घाटन गाईघाट स्थित बरुवा बसपार्कमा हुने भएको छ ।