Wednesday, May 27News That Matters

त्रियुगा शानासहरी खानेपानीको निर्वाचन धमाधम हुँदै

पूर्णपुष्टि, २१ फागुन ।
त्रियुगा शानासहरी खानेपानी उपभोक्ता समितिको चुनाव धमाधम भैरहेको छ । ७ बेजेदेखी ५ बजे सम्म हुने निर्वाचन बोक्से स्थित बाल मन्दिर माविमा भैरहेको छ । अध्यक्ष पदका लागि संकर बस्नेत र ओम खड्काको भिडन्त भैरहेको छ भने उपाध्यक्षको लागि सुपराज राई र निगम कोईरालाको भिडन्त भैरहेको छ । यता सचिव पद भने निर्विरोध भएको छ । सन्तोष खड्का सचिवमा निर्विरोध भैसकेको छ । यस बाहेक अध्यक्ष सहित अन्य ८ ओटा पदमा निर्वाचन भैरहेको छ ।