Friday, May 1News That Matters

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको आज उम्मेदवारी दर्ता हुदैँ

पूर्णपुष्टि, माघ २१ । उदयपुरको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति (संस्था) को आज उम्मेदवारी दर्ता भईरहेको छ । आईतबार खानेपानी तथा सरसफाई उपभोत्ता समितिको निर्वाचन कार्यालयमा बिहान १० बजेदेखी उम्मेदवारी दर्ता सुरु गरिएको हो ।

आज दिउँसो ४ बजे सम्म उम्मेदवारी दर्ता गरी ५ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक उज्वल सुवेदीले बताएका छन् । उम्मेदवारको विरुद्धमा २२ गते दिउँसो २ बजेसम्म उजुरी दिन सकिने समय तोकिएको छ भने निर्वाचनमा दुई पक्ष बिच प्रतिष्पर्धा हुने भएको छ ।