पूर्णपुष्टि, माघ २ गते । त्रियुगा नगरपालिका–१२ को चौँथो वडा अध्यक्ष कप गाइघाट फुटबल क्लब ११ ले हात पारेको छ । बिसनपुर हरितपार्क ब्यबस्थापन संस्थाको आयोजना र त्रीयुगा वडा १२ युबा तथा खेलकुद बिकास समितिको संयोजनमा खेल गराईएको थियो ।
माघ १ गते भएको फाईनल खेलमा उपाधिको लागी त्रियुगा स्पोर्ट्स क्लब १३ र गाईघाट फुटबल क्लब ११ बिच प्रतिस्पर्धा भएको थियो । खेलको पुरा समयमा त्रियुगा स्पोर्ट्स क्लबले १ गोल गरेभने गाईघाट फुटबल क्लबले ३ गोल गर्दै उपाधी हात पारेको हो । गाईघाट फुटबल क्लबबाट प्रितम चौधरी, पबिन चौधरी र देवराज चौधरीले समान १–१ गोल गरे भने त्रियुगा स्पोर्ट्स क्लबका लागी सान्त्वना गोल सुनिल खड्काले फर्काएका थिए ।
विजेता टिमले प्रमाण पत्र, ट्रफी सहित रु.२०००० नगद हात पारेका छन् भने उपविजेता टिमले प्रमाण पत्र, ट्रफी सहित रु. १०००० नगद हात पारेको छ । सबै व्यक्तिगत विधामा समेत विजेता टिमका खेलाडी पारेका छन् । सवैभन्दा बढी गोल गर्ने प्रितम चौधरी, उत्कृष्ट खेलाडी रविशंकर चौधरी, उत्कृष्ट मिडफिल्डर युवराज थापा, उत्कृष्ट गोल किपर प्रज्वल शेर्पा र उत्कृष्ट कोच सन्जिव बिष्ट भएका छन् । बिजेताहरुलाई त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेत र वडा अध्यक्ष चुडाराज काफ्लेद्धारा नगद, प्रमाणपत्र र ट्रफी बितरण गरिएको थियो ।
