
गाइघाट/फागुन, ५
आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका लाफागाउँका दिनेश पाठकलाई जिल्ला हस्पिटल उदयपुरले काठमाण्डो रेफर गरेको छ । सोमवार जिल्ला हस्पिटल उदयपुर र अस्पताल संञ्चालक समिति तथा व्यवस्थापक समितिको रोहबरमा पाठकलाई काठमाण्डो रेफर गरिएको हो । पाठकलाई काठमाण्डोको सुविधा सम्पन्न हस्पिटलमा रेफर गरिएको छ । जिल्ला हस्पिटल उदयपुरमा करिब १ महिनाको उपचार पछि पाठकलाई छाला अप्रेशनको लागि काठमाण्डो रेफर गरिएको हस्पिटलले बताएको छ ।
यहाँ पाठकलाई अप्रेशन गर्ने उचित सेवामुलक स्रोत साधन नभएपछि पूर्ण स्वास्थयलाभ तथा उपचारको लागि काठमाण्डोको सुविधा सम्पन्न हस्पिटलमा पठाएको निमित्त मेडिकल सुपरिटेन्डेन डा. जिवनारायण मणडलले बताउनुभयो । पाठक ट्याक्टर मर्मतको लागि इनरुवा गएका बेला जाडोमा आगो बाल्ने क्रममा डिजेलको जर्किन विस्पोट भई शरिरको ४५ प्रतिशत गुमान पुगेका विरामी हुन् ।
घटनापछि धरानको घोपा र काठमाण्डौको कृतिपुर हस्पिटले समेत उपचार नहुने भन्दै घर फर्काए अझै कृतिपुरले ५ दिन भन्दा विरामी नबाँच्ने समेत बताए । आर्थिक अवस्था कम्जोर भएको परिवारले सास रहुन्जले सम्म विरामीलाई केही सहजता र बचाउने प्रयासमा पाठकलाई जिल्ला हस्पिटल उदयपुरमा राखेर उपचार गर्न आग्रह गरे । जिल्ला हस्पिटलमा त्यतिको अवस्थामा आएको विरामीलाई उचित उपचारको निमित्त सेवा सुविधा नएको कारण राख्न अलिक समस्या थियो ।
विरामीको परिवारको आग्रहपछि हस्पिटलले पनि रिक्समा साइन गरेर पाठकको उपचार तर्फ खटे पाठकलाई आवश्य अनुसारको स्रोत साधन सेवा सुविधाहरु उपचारमा हस्पिटल पूर्ण नभएपनि भएको जनशक्ति र साधनको प्रयोगमा पाठकको उपचारमा लागे ।
नाभन्दै पाठकको १ महिना सम्मको उपचार पछि स्वास्थय सुधारमा जिल्ला हस्पिटल निकै सफल भयो । पाठक अहिले ७० प्रतिशतको हाराहारीमा स्वास्य सुधारमा आएको छ । यसलाई पूर्ण रुप स्वास्थ्य बनाउनको लागि छालाको अप्रेशन गर्नु पर्ने भएकाले काठमाण्डो नै पठाउनु परेको डा. अम्रेस कुमार महतोले बताउनुभयो ।
अप्रेशनको लागि ठुलो हस्पिटलमा उपचार गराउन नसकि रहेको पाठकलाई बिभिन्न व्यक्ति संघ संस्थाहरुले सहयोग गरेको छ । सहयोगबाट उठेको पैसाले पाठकलाई काठमाण्डोमा उपचारको लागी लगिएको बिरामीको बुबा पर्वत पाठकले बताउनुभयो । आवश्यक अनुरुपको रकम उपलब्ध नभएपनि संकलन भएको पैसाले उपचार गराउँदै गर्ने बाँकी अन्य खर्चको जोहोमा लाग्दै उपचार गराउने पाठकले बताउनुभयो । पाठकले उपचारका लागि अझै पनि सहयोगी हातहरु बाट सहयोगको अपेक्षा गर्नुभएको छ ।
हस्पिटल संञ्चालक समिति तथा व्यवस्थापन समितिको अध्यक्ष खड्ग परियारले पाठकको यस्तो अवस्थालाई सामाजिक उत्तरदायीत्वको रुपमा सहयोग गर्न आग्रह गर्नुभएको छ । अझै धरै आर्थिक आबश्यकता रहेको भन्दै उहाँले सबै सँग सहयोग माग्दै हस्पिटल व्यवस्थापन समितिले पनि सहयोग पुराउने बताउनुभयो ।
