Saturday, May 16News That Matters

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ ८ गते । 

आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

झापा कचनकवल गाउँपालिका–३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६,२६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरानका ५१ वर्षीया महिलामा  संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । अहिलेसम्म ४५ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेको छ ।