Saturday, May 16News That Matters

नदीले बगाएर १ जनाको मृत्यु

भोजपुर, जेष्ठ ८ गते ।

भोजपुरको आमचोक गाउँपालिका–९ माझखानी निबासी २१ बर्षीय अशोक श्रेष्ठको दुधकोशी नदीले बगाएर मृत्यु भएको छ ।

दुधकोशी नदीमा बुधवार बिहान ११ बजे पौडी खेल्न गएका श्रेष्ठ साँझ साढे ५ बजे गोजेपाथर बगरमा मृत फेला परेको भनी स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी बालाङखाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।