
पूर्णपुष्टि, जेठ १३ गते ।
आज थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन् । सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ ।
सुर्खेतमा १२ जना, महोत्तरीमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना संक्रमित भएका छन् मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालको ४६ वटा जिल्लामा कोरोनाको संक्रमण फैलि सकेको छ । नेपालमा कोरोना संक्रमितमध्ये १ सय ५५ जना उपचारछि निको भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट ४ पुगेको छ ।
