
पूर्णपुष्टि, जेठ १४ गते ।
कोरोना भाइरसको संक्रमणबाट विश्वमा साढे ३ लाख भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ लाख ५१ हजार ६ सय भन्दा बढीको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
विश्वका २ सय १३ वटा देश र २ वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै बढी मानिस संक्रमित भएका छन् ।
उक्त संक्रमितमध्ये २४ लाख २६ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।
