Tuesday, April 21News That Matters

‘थिनर’ आक्रमणमा आमा छोरी घाइते

पूर्णपुष्टि, साउन २३ 

काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई ‘थिनर’  प्रहार गरेको छ । बौद्ध चुच्चेपाटीमा गत राती घरायसी विवाद हुदा विष्ट थरका एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेको हो ।

थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाको रहेको खुलेको छ ।

चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।