Wednesday, June 10News That Matters

थुनामा रहेकाको परिवारबाट छुटाई दिने भन्दै ५० हजार लिएको आरोपमा युवक पक्राउ

पूर्णपुष्टि, भदौ १२

थुनुवामा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै ५० हजार लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ८ निवासी २० वर्षीय प्रतिक बस्नेत रहेका छन् । बस्नेत आफै ८ हजार धरौटीमा छुटेको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दाङको थुनुवा कक्षमा रहदा बस्नेतले अन्य तीन जनासँग चिनजान गरेर परिवारका सदस्यको नम्बर लिई उनीहरुलाई छुटाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए । तर थुनुवाहरु नछुटेपछि परिवारले प्रहरीलाई जानकारी दिएका थिए । अनुसन्धानको क्रममा बस्नेतले नै रकम लिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले बताए । बस्नेतलाई प्युठानबाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भइरहेको गौतमले बताए ।