Saturday, June 6News That Matters

दक्षिण एसिया जोड्ने मार्ग विकासका लागी चीनको योजना

पूर्णपुष्टि, फागुन २६ 

नेपालसँग सिमाना जोडिएको चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्नका लागी चिनले योजना सार्वजनिक गरेको छ ।

चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१–२०२५) योजना र सन् २०२५ सम्मको दीर्घकालीन योजनामा सो विषय उल्लेख गरिएको छ ।

चीनको केन्द्र सरकारले तिब्बत र दक्षिण एसियाली जोड्ने ‘एक महत्वपूर्ण प्यासेजवे’को रुपमा विकास गर्न सहयोग गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सो योजना चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसमा प्रस्तुत गरिएको हो ।

यो मार्ग कसरी विकास गर्ने भन्ने सम्बन्धमा भने चीनले केही पनि बताएको छैन् । दक्षिण एसियामा तिब्बतको सिमाना नेपाल, भारत र भुटानसँग जोडिएको छ । चीनले लामो समयदेखि तिब्बत र नेपाल हुँदै दक्षिण एसियामा आफ्नो मार्केट विस्तार गर्ने नीति लिएको छ ।

नेपाल र चीनको विचमा बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत सिमापार बहुआयामिक कनेक्टिभिटी परियोजनाको बारेमा कुराकानी भइरहेको छ । दुवै मुलुकले रेलमार्ग निर्माणको कामलाई समेत अगाडि बढाएका छन् ।

नेपाल र चीनको विचमा सन् २०१६ मा पारवहन र व्यापार सम्झौतामा हस्ताक्षर भई सन् २०१९ मा त्यसको प्रोटोकलमा समेत हस्ताक्षर भएको छ ।

केही महिनायता चीनले दक्षिण एसियाली मुलुकहरु नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेशसँग विभिन्न विषयमा कुराकानी गरिरहेको छ । चीनले केही महिनायता यी मुलुकहरुसँग बिआरआईमा सहकार्य गर्ने विषयमा छलफल गरेको छ ।