
पूर्णपुष्टि, बैशाख १८ गते ।
दक्षिण कोरियाको एक निर्माणाधिन भवनमा आगलागी हुँदा करिब ३८ जनाको मृत्यु भएको छ ।
राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा करिब ३८ जनाको मृत्यु भएको हो भने आगलागीमा करिब १० जना घाइते भएका छन् ।
आगलागीमा एक जना अझै हराइरहेको संचारमाध्यमहरुले जनाएको छ । भवनमा ७८ जनाले काम गरिरहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
