Tuesday, May 5News That Matters

दलित भन्दै कोठा छोड्न दबाब दिने घरबेटी पक्राउ

पूर्णपुष्टि, १७ असार ।
दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा प्रहरीले घोराही उपमहानगरपालिका(१७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ । परियारका अनुसार दलित भएको थाहा पाएपछि शुक्रबार पोखरेलले कोठा छाड्न दबाबव दिएका हुन् ।

भाडामा बस्ने परियार र विश्वकर्माले शुक्रबार नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई नियन्त्रणमा लिएको छ । डीएसपी राजनकुमार गौतमका अनुसार पीडित पक्षको जाहेरी आएमा अनुसन्धान सुरु हुने जनाए ।

प्रेस सेन्टर नेपाल र दलित पत्रकार संघले परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।