
उदयपुर/फागुन, १०
उदयपुरको उदयपुरगढी वडा नं ७ हाडेवास स्थित दलित सशक्तिकरण तथा सामाजिक रुपमा दलितहरुको स्वतन्त्र अधिकारको निम्ति तयार पारिएको विवरण प्रोफाईल शनिवार सार्वजानिक गरिएको छ । दलित अधिकार उपभोक्ता समितिले तयार पारेको दलित सशक्तिकरण प्रोफाईलको सार्वजानिक जिल्ला समन्वय समितिको प्रमुख खड्ग परियारले गर्नुभयो ।
दलितहरु समाजमा हरेक क्षेत्रमा पछि पर्ने र समान हकको निम्ति संघर्षमा नै जुटिरहनु पर्ने भएको भन्दै समान्तर रुपमा समाजमा उठ्न दलितहरुको हरेक क्षेत्र सामाजिक, आर्थिक, भौतिक, शैक्षिक, राजनैतिक र स्वास्थ्य क्षेत्रहरुको आधारमा दलित अधिकार उपभोक्ता समितिले प्रोफाईल तयार गरेको थियो ।
दलितहरुको समग्र अधिकारमा अबको समाज र सरकारले सकरात्मक कदम बढाएर दलितलाई सशक्ति करण तर्फ उन्मुख गर्नु पर्ने समन्वय प्रमुख खड्ग परियारले बताउनुभयो । यहाँ मात्र हइना देशै भरी रहेको दलित वस्तिहरु बिभिन्न कारणले समाज र सरकारबाट बन्चित हुने गरेको छ उहाँले भन्नुभयो । धरै दलित परिवारहरु अझै पनि ३ महिना मात्रै खाएर नेपाली नागरीको परिचय दिनु परेको अवस्था छ । यस्तो अवस्था सँग अब दलितहरु धरै अल्झिरहनु नहुने उहाँले बताउनुभयो ।
वडा नं ७ की वडा अध्यक्ष कर्णमाया मगरले दलित हक अधिकारको निम्ति पहलहरुमा जुट्ने बताउनुभयो । उहाँले यस्तो कार्यक्रमको निम्ति वडाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
सार्वजानिक तथ्याङकले त्यसठाउँमा दलितहरुको हक अधिकारको निम्ति अझै प्रयासहरु गर्नु पर्ने देखाएको छ । अझै पनि त्यस्ता थुप्रै क्षेत्रहरुबाट अघि बढ्न नसक्नुमा दलितहरुको मात्र कम्जोरी नभई समाजबाट पाउने सम्मान र अधिकारहरुले उनिहरुलाई बन्चित गर्दा अघि बढ्न समस्या परेको शसक्तिकरणका अध्यक्ष खड्ग बराइलीले बताउनुभयो ।
दलितहरु बिभिन्न समस्याहरु सँग जुध्न आर्थिक, सामाजिक, राजनैतिक जस्ता चिज बाट पछि परेको हुदा संघर्षको जुधाईमा मात्र दलितहरुको अधिकारहरु कहि कतै फेला पर्ने गरेको भन्दै दलित सशक्तिकरण प्रोफाईल तयार अभियान थालेको बराइलीले बताउनुभयो । यस समितिले दलितहरुको समग्र अधिकारको बारेमा लेखा जोखा र पछि परेका परिवारलाई अधिकारमा पहल पुराउने पनि बराइलेले बताउनुभयो । दलित अधिकार उपभोक्ता समितिको आयोजना तथा वडा नं ७ को सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो ।
